नयाँ होन्डा एक्सआर १९० एल

नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अफरोड एड्भेन्चर बाइक नयाँ होन्डा एक्सआर १९० एल उपलब्ध गराएको छ ।

नयाँ एक्सआर १९० एलमा पहिले भन्दा फरक ग्राफिक्स रहेको छ भने फुल डिजिटल डिस्प्ले, रिडिजाइन गरिएको हेडल्याम्प र चार्जिङ पोर्ट लगायतका विभिन्न नयाँ फिचर रहेका छन् ।

यी वाहेक इन्जिन र अन्य विभिन्न फिचर भने यथावत रहेका छन् , यसको मूल्यमा भने वृद्धि गरिएको छ ।

पहिले यसको मूल्य ७ लाख ६९ हजार ९ सय रहेकोमा अब यसको मूल्य ७ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ ।

२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ ।

सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।

यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु-याउछ ।

१२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *