रोयल इनफिल्डको शाखा कावासतीमा

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक तथा अल्फा अटोमोटिभ प्रा.लिको यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान प्रा. लिले फाल्गुन ५ गते देखि नवलपरासीको कावासतीमा आफ्नो शाखा बिस्तार गरेर बिक्री शुभारम्भ गरेको छ ।

प्रतिस्ठानका अध्यक्ष प्रेमराज गैरेले उद्घाटन गरेर शाखाको शुभारम्भ गरेका हुन् ।

बिगत लामो समय देखि बुटवलबाट मात्र सेवा प्रदान गरेको गैरे प्रतिष्ठान प्रा.लिले ग्राहकको माग लाई मध्यनजर गरेर नवलपरासीको कावासतीमा शाखा बिस्तार गरेको जनाएको छ ।

रोयल इनफिल्ड (बुलेट) बाईकको शाखा बिस्तार गरेको प्रालिले ३५० सीसी इन्जिन तथा रोयल इन्फिल्डको पोस्ट वार जी .टु मोडेलको मोटरसाइकल, रोयल इनफिल्ड हण्टर तीन सय ५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम चार सय ११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि बजारमा ल्याईसकेको प्रबन्ध सञ्चालक प्रवेशराज गैरेले बताए ।

  • mkt.autonepal@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *