लिपिङमा बेलिब्रिज तयार

मित्रराष्ट्र चीन जोड्ने तातोपानी नाकास्थित लिपिङखोलामा बेलिब्रिज जडान सम्पन्न भएको छ।

नेपाली सेनाको जनशक्ति र प्राविधिक सहयोगमा सडक डिभिजन कार्यालय चरिकोटले २० दिनमा बेलिब्रिज तयार पारेको हो।

जडान गरिएको बेलिब्रिज नेपाली सेनाले २९ माघमा सडक डिभिजनलाई हस्तान्तरण गर्नेछ।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि आजै ३० टनका कन्टेनर वारिपारि गराएर भार परीक्षण गरिएको सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले जानकारी दिए।

गत असोज १२ गतेको बाढीपहिरोले लिपिङखोलाको पक्की पुल बगाएको थियो।

ह्युमपाइप राखेर अस्थायी रूपमा सञ्चालनमा रहेको कोदारी सडक बेलिब्रिज जडान कार्यका लागि ६ माघदेखि भने बन्द छ।

त्यसयता चीनबाट नेपालतर्फ सामान निर्यात ठप्प छ।

नेपाली सेनाले सडक हस्तान्तरण गरेपछि सोही दिनदेखि खासामा रहेका सामान तातोपानीस्थित सुक्खा बन्दरगाहमा आयात गरिने तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले बताए।

खासादेखि न्यालमसम्म करिब १५० कन्टेनर सामान नेपाल आउन लाइनमा रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *