चितवनमा ट्रक दुर्घटना

चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक दुर्घटना भएकाे हाे ।

खसीबोका बोकेको ट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।

दुर्घटनामा खसीबोका गरी १९ वटा चौपाया मरेको भण्डारीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *