साउदीमा बस दुर्घटना

श्रमिकहरू सवार बस साउदी अरबको जिजानमा दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरका रूपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणा रहेको नेपाली दूतावास साउदी अरबले जनाएको छ ।

उनीहरू अरेबियन कन्सोलिडेटेड औद्योगिक क्लिनिङ सर्भिसमा कार्यरत थिए । कार्की स्काफोल्डर फोरम्यान, खत्री बिए टेक्निसियन र राणा चालक थिए ।

दुर्घटनामा इलामका सुकबहादुर लिम्बू गम्भीर घाइते भएका छन् ।

उनको अलेमिस अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।

सोही दुर्घटनामा भारतका नौ र अफ्रिकी देश घानाका तीनजनाको पनि मृत्यु भएको छ ।

दुर्घटनामा कुल ११ जना घाइते भएका थिए । जिजानको रिफाइनरी रोडमा गत सोमबार बससँग टे«लर ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *