मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ ।
खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो ।
राती नै दुर्घटना भएको हुन सक्ने स्थानीयबासीले जनाएका छन् ।
बिहान करिब ६:३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका थिए ।
चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।
बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए ।
दुर्घटनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ ।
सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
थप खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।