Skip to content
क्रेटा इलेक्ट्रिक दुईवटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ। सुरुवातमा लक्ष्मी इन्टरनेसनलले क्रेटा ईभी एउटा मात्रै ब्याट्री अप्सनमा ल्याउने छ।
हुन्डाई मोटर इन्डियाले क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा क्रेटा ईभी उपलब्ध गराएको छ।
जसको ४२ किलोवाट आवरको ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज दिने र ५१.४ किलोवाट आवरको ब्याट्रीले ४ सय ७३ किलोमिटर रेन्द दिने एआरएआईले प्रमाणित गरेको छ।
४२ किलोवाट ब्याट्री प्याकसहति आउने क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १ सय ३५ पीएस पावर जेनेरेट गर्ने छ।
त्यस्तै ५१.४ किलोवाट आवरको ब्याट्री प्यासमा आउने लङरेन्जमा १ सय २५ किलोवाटको मोटर हुनेछ।
लङ रेन्ज क्रेटा इलेक्ट्रिकले ७.९ सेकेन्डमा ० देखि १०० किमीप्रतिघन्टाको गति तय गर्न सक्छ।
हुन्डाईले क्रेटा ईभीमा डीसी चार्जर उपलब्ध गराएको छ।
५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै गर्न सकिने दाबी कम्पनीले गरेको छ।
त्यस्तै ११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टा र ५१.४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्ने छ।
क्रेटा ईभी २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ।
क्रेटा आईसी इन्जिनको तुलनामा ईभीमा १० एमएम बढी ग्राउन्ड क्लियरेन्ज छ।
४ सय ३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको क्रेटा ईभी नेपाली बाटोका लागि उपयुक्त हुने देखिन्छ।
Post Views: 242