गुल्मीमा ट्याक्टरको ठक्करबाट…..

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् ।

गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *