पद्म ज्योति समूहको नयाँ लोगो सार्वजनिक: ज्योति समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं।
धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहयो।
पद्मा ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको छ।

ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँदछ।
हामी अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध छौं।

हाम्रा दूरदर्शी लिडरहरू—श्री पद्म ज्योति, श्री सौरभ ज्योति, श्रीमती सृजना शाक्य ज्योति, श्री सुह्रिद ज्योति, र श्रीमती आरती ज्योतिको मार्गदर्शनमा हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित छौं।
साथै उज्जवल र गतिशील भविष्यतर्फ अघि बढ्न तपाईंहरूको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दछौँ।
Visit homepage : eautonepal.com