अटो क्षेत्र विलीन हुने अवस्था

अटो क्षेत्र विलीन हुने अवस्था: नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रलाई अझै मूल्यांकन गर्नुपर्ने बताएका छन्।

आइतबार एसोसिएशनको ४८औं वार्षिक बैठकमा उनले भने, अहिलेको आर्थिक समस्याले अटो क्षेत्रलाई संकटमा पुर्‍याएको छ।

उनले भने, अटो क्षेत्रले एक लाखभन्दा बढी कामदारलाई रोजगारी दिएको छ र १० लाखभन्दा बढी व्यक्तिलाई अप्रत्यक्ष रोजगारी दिएको छ।

यस क्षेत्रमा २१ प्रतिशत राजस्व पनि संकलन भइरहेको छ। तर अहिलेको आर्थिक मन्दीले यो क्षेत्रलाई गम्भीर असर पुर्याएको छ।

अध्यक्ष चौधरीले भने, “सरकारले अटो क्षेत्रलाई प्रोत्साहन गर्न दीर्घकालीन योजना ल्याउनुपर्छ र विद्युतीय सवारीसाधनको प्रयोगलाई अझ बढावा दिनु पर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *