दाङमा बस दुर्घटना

दाङमा बस दुर्घटना: दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार  घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाउँका ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधव डाँगी सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, तुलसीपुर– १८ बस्ने वर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० बस्ने ३६ को ढाकाराम कुँवर , तुलसीपुर–१७ बस्ने वर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने वर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर– १७ बस्ने ३६ वर्षका राधा केसी रहेका छन् ।

यस्तै तुलसीपुर नगरपालिका वडा नं.१७ का ४६ वर्षका नरबहादुर नेपाली, रुपन्देही बुटवल उपमहानगरपालिका– ११ बस्ने २६ वर्षका नवीन पराजुली, भारत तेलगंगा घर भई ज्योतिष काम गर्ने वर्ष ३९ का कल्याण जगम, घोराही– ५ बस्ने ५२ वर्षका तिलविक्रम गिरी, घोराही– १५ बस्ने ५४ वर्षका डबलबहादुर डाँगी रहेका छन् ।

तुलसीपुर–१८ बस्ने ३६ वर्षका नन्दकली वली, शान्तिनगर गाउँपालिका–६ बस्ने २४ वर्षका नवीन वली, तुलसीपुर– १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर– १७ बस्ने ७९ वर्षका दुर्गाबहादुर केसी, सोही ठाउँका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही– १७ बस्ने ४० वर्षका गङ्गाराम पोख्रेल घाइते भएका छन् ।

केही घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सुरु भएको छ ।  बसका चालक घोराही–१० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् ।  प्रहरीले चालकको खोजी गरिरहेको  र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *