मनकामना केबुलकार २७औँ वर्षमा: मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) यस वर्ष आफ्नो २७औं वार्षिकोत्सव मनाउँदै छ। यस अवसरमा, कम्पनीले यसको प्रणेता स्व. लक्ष्मणबाबु श्रेष्ठलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनका योगदानलाई सम्झेको छ।
कम्पनीले २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा परिवर्तन गरी, डिजिटल डी-कनेक्ट प्रणालीको स्तरोन्नति गरिसकेको छ।
यस कार्यमा ५० करोड रुपैयाँ लगानी गरेर दुई महिना बिताएको छ। मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो र यसले मनकामना क्षेत्रलाई मात्र नभएर यस वरिपरिका क्षेत्र र भारत लगायत विश्वभरका पर्यटकहरूको गन्तव्य बनाएको छ।
मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार, केबुलकार नजिकै एक सुविधासम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ।
यस रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा हल र रेस्टुरेन्टजस्ता सुविधाहरू हुनेछ। रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र आसपासका क्षेत्रलाई धार्मिक र पर्यटकीय महŒवका साथ एक प्रमुख गन्तव्य बनाउने योजना रहेको उनले बताए।
मनकामना केबुलकार सञ्चालनमा आएपछि, सुरुवातमा १० लाख यात्रुलाई सेवा दिएको थियो, र अहिले यो संख्या बढेर वार्षिक १२ लाख पुगेको छ।
यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ।
कम्पनीले मनकामना र आसपासका क्षेत्रका विभिन्न सामाजिक कामहरूमा पनि सहयोग गर्दै आएको छ।
टिकट आम्दानीको २ प्रतिशत रकम सहिद लखन गाउँपालिका (गोरखा) र इच्छाकामना गाउँपालिका (चितवन) को विकास, शिक्षा, स्वास्थ्य, विपन्न वर्ग र दैवी प्रकोपका लागि सहयोग गर्न प्रयोग गर्दै आएको छ।
Visit homepage : eautonepal.com