धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क

धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क: धरहरा चढ्नको लागि अब स्वदेशी नागरिकलाई रु. २०० शुल्क लाग्ने भएको छ। यसअघि धरहरा परीक्षणका रूपमा निःशुल्क खुला गरिएको थियो।

अब, सार्क देशका पर्यटकलाई रु. ५०० र अन्य विदेशी पर्यटकलाई रु. १००० शुल्क तिर्नु पर्नेछ।

स्वदेशी नागरिकहरूका लागि, विद्यार्थीहरू, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट मिल्नेछ।

यस्तै, धरहरामा गाडी पार्किङ गर्दा चारपांग्रेलाई प्रति घण्टा रु. २० र दुईपांग्रेलाई रु. १० शुल्क तोकिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रति घण्टा रु. ५ हजार र व्यावसायिक भिडियो छायांकनका लागि पनि प्रति घण्टा रु. ५ हजार शुल्क तोकिएको छ।

फोटोग्राफीका लागि भने प्रति घण्टा रु. १ हजार शुल्क लाग्नेछ।

यो नयाँ शुल्क व्यवस्था मंसिर ९ गतेदेखि लागू हुनेछ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *