कहाँ पुग्छन् चोरीका मोटरसाइकल ?: चोरीका मोटरसाइकल ठाउँ र स्वरूप परिवर्तन गरेर चलाउने गरेको भेटिएको छ ।
उपत्यकाबाट चोरी भएका मोटरसाइकल मुख्य त पहाडी र तराईका भित्री बस्तीमा पु¥याउने गरिएको छ ।
कतिपयले मोडिफाई गरेर उपत्यकामै पनि चलाउने गरेको भेटिएको छ ।
नक्कली नम्बर प्लेट राख्ने, बाहिरी रंग परिवर्तन गर्ने, मोडिफाई गर्ने र ट्राफिक नपुगेको स्थानमा चलाउने गरेको कार्यालयका एसएसपी चतुर्वेदीले बताए ।
उनका अनुसार हाल भेटिएकामध्ये केही मोटरसाइकल मोडिफाई भएको अवस्थामा पनि भेटिएका छन् ।
प्रहरीका अनुसार कतिपयले बिमा क्लेम गर्नका लागि पनि जानाजान चोरी भएको भनेर निवेदन दिने गरेका छन् ।
उपत्यकाका विभिन्न स्थानबाट चोरी हुनेमध्ये पल्सर बाइक धेरै छन् । पल्सर बाइकको लक सिस्टम सहज भएकाले पनि बढी चोरी हुने गरेको ट्राफिक प्रहरीको ठम्याइ छ ।
त्यसपछि होन्डा कम्पनीका बाइक चोरी हुने गरेका छन् । तर, आधुनिक तथा नयाँ मोडलका बाइक भने कम हराउने गरेका छन् ।
Visit homepage : eautonepal.com