चार खर्बको आयात ३८ अर्बको निर्यात

चार खर्बको आयात ३८ अर्बको निर्यात: आन्तरिक उत्पादन र सेवा क्षेत्रको वुद्धिमा खासै सुधार नभएकाले वैदेशिक व्यापारको असन्तुलन कायम नै रहेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०८१–८२ को पहिलो तीन महिना (साउन–असोज)मा तीन खर्ब ९० अर्बबराबरको वस्तु तथा सेवा आयात भएको छ भने ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको छ ।

तथ्यांकअनुसार आयात–निर्यात घट्ने क्रमले निरन्तरता पाइरहेको छ ।

गत आव ०८०–८१ को पहिलो तीन महिनामा ४ खर्ब सात करोडको आयात र ४० अर्ब ८७ करोडको निर्यात भएको थियो ।

सेवा क्षेत्रको विस्तार र औद्योगिक उत्पादन वृद्धिमा विगतदेखि नै सरकारले ठोस कार्ययोजना लागू गर्न नसक्दा मुलुकको अर्थतन्त्र आयातमा निर्भर छ ।

उत्पादन कमजोर हुँदा निर्यात प्रवद्र्धन हुन सकेको छैन ।

तीन महिनामा सबैभन्दा धेरै गलैँचा २ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।

त्यसपछि कालो चिया फेल्ट, धागो, अलैँची, जुस, जटको फेब्रिक, रोल्ड आइरन, प्लाई, सर्सिउँको पिना, भटमासको धेरै तेल निर्यात हुने गरेको छ ।

मुलुकमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात हुने गरेको छ ।

तीन महिनाको अवधि ६३ अर्ब ६५ करोड रुपैयाँको पेट्रोलियम आयात भएको भन्सार विभागले जनाएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *