पठाओले ल्यायो कार रेन्टल सेवा

पठाओले ल्यायो कार रेन्टल सेवा: राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ कार रेन्टल’ सेवा शुरु गरेको छ ।

यो सेवा अन्तर्गत ग्राहकले नेपालभर छोटो र लामो दूरीको यात्राका लागि ट्याक्सी बुकिङ गर्न पाउनेछन् ।

शुरुआतमा काठमाडौंमा उपलब्ध यो सेवा ‘पठाओ कार लाइट’ श्रेणीअन्तर्गत दर्ता भएका ट्याक्सीबाट उपलब्ध गराइने भएको छ ।

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यो सेवा चाँडै र्न अन्तरसिटी यात्राका लागि उपलब्ध हुनेछ, जुन लामो दुरीको यात्रा वा पर्यटकीय गन्तव्य भ्रमणका लागि सुविधाजनक विकल्प खोज्नेहरूका लागि रहेको उनको भनाइ छ ।

यो सेवाअन्तर्गत ग्राहकले ‘राउन्ड ट्रिप’ वा ‘ड्रप’को सेवा बुक गर्न सक्नेछन्, जसबाट एउटै कार र चालकको साथ यात्रा गर्न पाइनेछ ।

यो सेवा लिनका लागि कम्तीमा एक घण्टाअघि र बढीमा सात दिनअघि ट्याक्सी बुकिङ गर्नुपर्नेछ ।

पठाओको मोबाइल एपमार्फत ट्याक्सी बुकिङ गर्न सकिनेछ ।

साथै एपमार्फत प्रयोगकर्ताले चालकको जानकारी, रुट र अनुमानित यात्रा खर्चलगायत यात्रा विवरण प्राप्त गर्न सक्नेछन् ।

यो सेवाले यात्रालाई सहज बनाउने र चालकलाई कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *