विशाल ग्रुप कावासाकीको आधिकारिक बिक्रेता

विशाल ग्रुप कावासाकीको आधिकारिक बिक्रेता: केही दशकअघि भारतमा बजाज इन्डियासँगको सहकार्यमा चर्चित, जापानी दुईपांग्रे सवारी ब्रान्ड कावासाकीको नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुपले पाएको छ।

इन्डिया कावासाकी मोटर्स लिमिटेडले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ।

भारतमा उत्पादन हुँदै आएको कावासाकीले करिब दुई महिनाअघि नेपालका लागि आधिकारिक बिक्रेता नियुक्तको निर्णय गरेको थियो। 

यो सँगै कावासाकी नयाँ रुपमा नेपाल आउने भएको छ,  तर २००९ मा कावासाकी जापानले भारतमा आफ्नो अलग्गै कम्पनी स्थापना गरेर मोटरसाइकल उत्पादन तथा बिक्री सुरु गर्ने निर्णय गरेको थियो।

त्यसयता कावासाकीका मोटरसाइकल नेपालमा आएका थिएनन्। आधिकारिक बिक्रेता लिनका लागि विभिन्न व्यावसायिक घरानाले प्रयास गरिरहेका थिए।
तर इन्डिया कावासाकी मोटर्सले यसबारे निर्याय लिएको थिएन। अहिले भने कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको हो। 

विशाल समूहले कावासाकीका मोटरसाइकल नेपालमै एसेम्बल गरेर बिक्री गर्ने तयारी गरेको छ।

Visit homepage : www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *