एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु गरेको छ ।
एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरे ।
पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल ईभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्ने छन् ।
साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्ने छन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरीको पनि व्यवस्था गरेको छ ।
कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए ।
‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरुको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ उनले भने ।
त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए ।
कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका थिए ।
यो कार्यक्रम मार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ ।
नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ ।
यी ईभीहरु एड्भान्स फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेगमेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन ।