नेपालमा सुबारुका दुई नयाँ एसयुभी भित्रिए

नेपाली बजारमा जापानी कार उत्पादक सुबारुका दुई नयाँ एसयुभी भित्रिएका छन् ।

सुबारुको नेपालका लागि आधिकारिक वितरक विजय मोटर्सले नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड र २.५ आउटब्याक टुरिङ आईसाइटलाई सार्वजनिक गरेको हो ।

सुबारुका गाडी विगत लामो समयदेखी नेपाली बजारमा बिक्री-वितरण हुँदै आएपनि हाइब्रिड मोडल भने पहिलोपटक भित्रिएको हो ।

कम्पनीका अनुसार क्रसट्रेक हाइब्रिड बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा चार्ज हुने हुँदा यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङको आवश्यकता पर्दैन ।

यो गाडीको मूल्य १ करोड ६९ लाख रुपैया निर्धारण गरिएको छ, यो गाडीले एक लिटर पेट्रोलको खपतमा १७.५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

कारमा ११.४ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एडास फिचर, १० वटा एयरब्याग ब्ल्याइन्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेन्ट फिचर पाउन सकिन्छ ।

यसैगरी अर्को नयाँ मोडल आउटब्याक टुरिङ आईसाइटमा २.५ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । यसको पावर १८८ पिएस रहेको छ ।

यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सहत जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *