Skip to content
अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्गअन्तर्गत बडिमालिका नगरपालिका– ६ नुनेपानीमा सडक अवरुद्ध भएको छ।
मंगलबार राति नुनेपानी खोलामा आएको बाढीले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अवरुद्ध भएको सडक खुलाउन पहल भइरहेकाे र केही समयमै पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध हुँदा साना तथा ठूलो दूरीका सवारीसाधन बन्द भएका छन्।
सवारीसाधन बन्द भएपछि काठमाडौं, धनगढी, नेपालगन्जलगायतका विभिन्न ठाउँबाट आएका यात्रु अलपत्र परेकाे स्थानीय डम्बर दानीले जानकारी दिए ।
Post Views: 292