अभिनेता सञ्जय दत्तलाई करोडौंको गाडी उपहार

बलिवुड अभिनेता सञ्जय दत्तले आफूलाई करोडौं मूल्य बराबरको गाडी उपहार गरेका छन्।

सोमवार आफ्नो ६५ औँ जन्मदिन मनाएका सञ्जय दत्तले आफैंलाई रेञ्ज रोभर एसभी एसयुभी कार गिफ्ट गरेका हुन्।

उनको यो कारको मूल्य ४ करोड भारतीय रुपैयाँ बताइएको छ।

निकै दमदार इन्जिन र नयाँ फिचर्सका लागि प्रसिद्ध उक्त कार पछिल्लो समय बलिवुड जगतमा निकै लोकप्रिय बन्दै गएको छ।

१९५९ मा जन्मेका सञ्जय दत्त बलिवुड अभिनेत्री नरगिश र अभिनेता सुनिल दत्तका छोरा हुन्।

खलनायक, मुन्नाभाई एमबिबीएस, पिके जस्ता कैयन हिट चलचित्र उनको नाममा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *