बनेपामा नयाँ टीभीएस शोरूमको उद्घाटन

निर्वेद मोटर्स प्राइवेट लिमिटेडले बनेपामा नयाँ टीभीएस शोरूमको प्रमुख अतिथि काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

निर्वेद मोटर्सले स्थानीय समुदायको मोटरसाइकल, स्कुटरको आवश्यकताहरू पूरा गर्ने उद्देश्यले शोरुम सुरु गरेको हो ।

विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइने जनाइएको छ । टीभीएस सवारी साधनको प्रदर्शनसँगै शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार सहितका विभिन्न सेवाहरू प्रदान गर्नेछ ।

निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले बनेपामा टीभीएसका ग्राहकलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो ।

देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टीभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *