नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलोपटक हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज मेला सुरु गरेको छ ।
नेपालभर असार ६ गतेबाट शुरु गरिएको यो अफर असार २१ गतेसम्म सञ्चालन हुने हिरो ब्रान्डका नारायणगढका बिक्रेता यूरो मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिए ।
एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा भएको बजार मूल्याङ्कन भन्दा आठहजार रुपैयाँ बढी थप मुल्याङ्कन पाउनेछन् ।
साथै, ग्राहकले एक्सचेञ्ज अफरको समयमा नगदमा मोटरसाईकल खरिद गर्दा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेलमेट पनि प्राप्त गर्ने भट्टराईले बताए ।
एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, जुम स्कूटर जस्ता दुई प्राङग्रे सवारी लिन सक्ने कम्पनीले जनाएको छ ।
यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ ।