पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्कुल कलेज केन्द्रित ट्राफिक नियमसम्बन्धी प्रशिक्षण समेत चलाएको छ ।
यति हुदाँ हुदैं पनि, काठमाडौं उपत्यकामा पछिल्लो एक वर्षमा भएको सवारी दुर्घटनामा एक सय ७६ जनाले ज्यान गुमाएका छन् ।
विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै ट्राफिक चेकपोइन्ट विस्तार, भित्री गल्ली, साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती हुँदै आएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्रेष्ठ बताउँछन् । ‘सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो ।
ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षको तुलनामा दुर्घटनामा हुने मृत्युको संख्या घटेको छ । अघिल्लो वर्ष एक सय ८७ जनाले ज्यान गुमाएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटना संख्यामा पनि कमी भएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा उपत्यकामा आठ हजार आठ सय ८१ दुर्घटना भएका थिए । जुन अघिल्लो वर्षभन्दा १६.८ प्रतिशतले कम हो । आर्थिक वर्ष ०८९/८० मा उपत्यकामा १० हजार ६ सय ७५ दुर्घटना भएका थिए ।
ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिवृद्धिका कार्यक्रमले सडक दुर्घटनामा उल्लेख्य कमी आएको ट्राफिक प्रहरीको दाबी छ ।
ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालनाको प्रतिफलस्वरूप दुर्घटना घटेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन् ।
यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भइरहेको उनले बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले जनचेतनामूलक कार्यक्रमले आम सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न र सडक सुरक्षालाई आत्मसात् गर्न प्रेरणा दिएको बताउँछन् ।
सडक सुरक्षा र ट्राफिक नियमबारे जनचेतना अभिवृद्धि गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्कुल कलेजकेन्द्रित ट्राफिक नियमसम्बन्धी प्रशिक्षणसमेत चलाएको छ ।
विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै ट्राफिक चेकपोइन्ट विस्तार, भित्री गल्ली, साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती हुँदै आएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्रेष्ठ बताउँछन् । ‘सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो ।
यस वर्षको सक्रियता र कठोर कदमले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पुर्याएको छ । यसलाई हामी निरन्तरता दिन्छौँ र थप सक्रियतापूर्वक अघि बढ्छौँ,’ उनले भने ।
यस आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाखभन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारबाहीबाट ७२ करोड ६० लाख राजस्वसमेत संकलन भएको छ ।