लमजुङमा चार करोडभन्दा बढी राजस्व संकलन

लमजुङमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायात सेवा प्रवाहबाट एक आर्थिक वर्षको अवधिमा साढे चार करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

पूर्वाधार विकास कार्यालयअन्तर्गत रहेको यातायात सेवा प्रवाहबाट चार करोड ५८ लाख २८ हजार राजस्व संकलन भएको हो ।

कार्यालयका अनुसार एक आर्थिक वर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्मको अवधिमा सो रकम राजस्व संकलन भएको हो ।

विशेष गरी सवारी कर, आयकर, नवीकरण र रुट परमिटलगायतको सेवाबापत राजस्व संकलन भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले बताए ।

कार्यालय प्रमुख सिग्देलका अनुसार गत आर्थिक वर्षमा चारपांग्रे सवारीसाधनबाट मात्रै दुई करोड १९ लाख ६५ हजार राजस्व संकलन भएको छ भने दुईपांग्रे सवारीसाधनको सवारी कर एवं नवीकरणबाट दुई करोड ३८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी गत चैत महिनामा राजस्व संकलन भएको छ ।

चैत महिनामा मात्रै दुईपांग्रे तथा चारपांग्रे सवारीको सवारी कर, आयकर, नवीकरण, रुट परमिटलगायत सेवाबाट ८९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत यातायातसम्बन्धी सेवा प्रवाह सुरु भएसँगै बिलबुक नवीकरण, यातायात रुट परमिट, नवीकरण तथा पटके संकलन सेवाका लागि तनहुँ वा पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *