Skip to content
ललितपुर महानगरपालिकाले पछिल्लो ४० वर्षदेखि बिग्रीएर थन्किएको १०६ वर्ष पुरानो दमकलको मर्मतसम्भार गरेर प्रयोगमा ल्याएको छ ।
इन्जिनियर तथा मिस्त्री मोहनप्रसाद नकर्मीले १० महिना लगाएर दमकल मर्मत गरेका हुन्।
आइतवार नकर्मीले मेयर चिरिवाबु महर्जनलाई दमकलको चावि हस्तान्तर गरीआफुले मर्मतसम्भार गरेको दमकल चलाएर तीन जिल्ला परिक्रमा गराउन निस्किएका छन्।
यो दमकल बेलायतले उपहार दिएको मध्येकै हो, त्यतिबेला बेलायतले तीनवटा दमकल नेपाललाई दिएको थियो ।
बेलायत तथा अमेरिकाबाट पार्टपुर्जा ल्याएर दमकल मर्मत गरिएको हो ।
डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको संख्या ७ पुगेको छ ।
Post Views: 1,383