Skip to content
एनएमबि बैंकले विद्युतीय सवारीसाधन (इभी) खरिदका लागि ८.९९ प्रतिशत ब्याजदरमै लोन उपलब्ध गराउने भएको छ ।
बैंकले सात वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उक्त लोन उपलब्ध गराउने जनाएको छ ।

नेपालमा इभीको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले यस सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराउने जनाएको छ ।
ग्राहकले सजिलै आफ्नो इभी फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् ।
लचिलो भुक्तानी विकल्प र द्रुत स्वीकृति प्रक्रियासहित, ग्राहकले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले कुल दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Post Views: 392