बुल मसिन इन्डिया प्रालिको नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रालिले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बिरगंजमा शुभारम्भ गरेको छ ।
एक औपचारिक कार्यक्रमबीच अटोवेज प्रालिका निर्देशक शन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले शाखाको उद्घाटन गरेका छन् ।
शाखाको उदघाटनका अवसरमा बोल्दै निर्देशक पौडेलले बिक्री र बिक्री पछिका सम्पूर्ण सेवाको शुभारम्भ एकै स्थानबाट उपलब्ध हुने बताइन् ।
‘आगामी एक वर्ष भित्र देशभरका प्रमुख सहरहरुमा बुल मसिनको बिक्री सेवा शुभारम्भ हुनेछ,’ उनले भनिन् ।
पोखरामा मुख्य कार्यालय रहेको अटोवेजको कर्पोरेट कार्यलय काठमाडौंमा छ भने चितवन, बुटवल, इटहरी र दाङमा शाखा स्थापना भइसकेका छन् ।
बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावरदेखि १०० हर्ष पावरका ब्याकु लोडर, लोडर, लगायत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु शाखाबाट बिक्री बितरण हुनेछन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभासद पटेलले बिरगंजमा शाखाको उद्घाटनसँगै विश्वसनीय सेवा प्रदानका लागि शुभकामना दिए ।
अटोवेजका बिरगंज शाखा प्रमुख मनोज कुमार सिङले उचित मूल्यमा गुणस्तरीय मसिन बिक्री हुने र बिक्री पद्धिको सेवामा चौबिसै घन्टा तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बिरगंजका उद्योगी, व्यवसायी, समाजसेवी, अटोवेज नारायणघाट शाखा प्रमुख इन्द्र रेग्मी, पोखराबाट प्रमुख म्यानेजर बाबुराम खनाल, चिफ फाइनान्स अफिसर कुल बहादुर खत्री क्षेत्री, सर्भिस म्यानेजर आशिष राज गुप्ता लगायतको उपस्थिति थियो ।
बिगत २५ वर्षदेखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री बितरण गर्दै आइरहेको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको अटोवेज प्रालिले अटोमोबाइल, सार्वजनिक यातायात, शिक्षा, पर्यटन, ऊर्जा, स्वास्थ्य, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।