नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ संस्करण ‘नाडा अटो सो २०२४’ का लागि स्टल बुकिङ खुला भएको छ ।
बुकिङ ५ असारसम्म खुला हुने नाडाले जनाएको छ । प्रदर्शनीमा स्टल राख्नेको माग धेरै भएकाले विगतका संस्करणजस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने आयोजक नाडाले जनाएको छ ।
सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी नाडाले ११ देखि १६ भदौसम्म भृकुटीमण्डपमा १६औँ संस्करण आयोजना गर्दै छ । प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्टस् एवं ग्यारेज उपकरणलाई समूहअनुसार छुट्याइएको छ ।
रजिस्ट्रेसन पनि सोहीअनुसार मिलाइएको नाडाले जनाएको छ ।
नाडा अटो सो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको छ ।