विद्युतीय स्कुटर शोरुम धमाधम बन्द हुँदै

विश्व बजारमा विद्युतीय सवारी साधनको बिक्रिमा आएको बढावाको लहर नेपालमा पनि नआएको होइन ।

यसो चीनतिर घुम्न गएकाहरुले पनि १/२ लट विद्युतीय स्कुटर ल्याएर बेच्ने अनि गुमनाम हुने रोग नेपालमा पहिले देखी कै हो ।

बिक्रि पछिको सेवा दिन नसकेपछि यो व्यवसाय नै छाडेर अन्य व्यवसाय रोज्न पुगेको देखिन्छ । जसका कारण पहिलेका कतिपय विद्युतीय स्कुटरहरु बिना दर्ता चलिरहेका छ । ती प्रयोगकर्ताहरु सडकमा ट्राफिक देख्यो कि अर्को बाटो कुलेलाम ठोक्नुपर्ने वाध्यतामा छन् ।

पहिलेका मात्र होइन, अहिलेका पनि कतिपय ब्राण्डहरु त्यस्तै टाइपका देखिन्छन् ।

विद्युतीय स्कुटर त ल्याउने, तर बिक्रि पछिको सेवा दिन नसक्ने । न आफ्नै सर्भिस सेन्टर खोल्ने, न त आवश्यक मात्रामा स्पेयर पाटर््स नै राख्ने ।

सबैभन्दा उल्लेख्य कुरा त त्यस्ता व्यापारीहरुले ल्याउने प्रोडक्ट नै कमसल खालका हुन्छन् ।

त्यसैमा पनि अत्याधिक बिक्रि मुल्य राख्ने, अनि धेरै डिस्काउण्ट अफर ल्याएर बेच्न खोज्ने ।

उनीहरुको व्यवसाय गरेको तरिका हेर्दा आफुसँग अहिले भएको स्टक क्लियर गर्ने र व्यवसाय नै छोड्ने हो कि भन्ने आमबुझाई छ ।

हुन त विश्व बजारमा हेर्दा चिनिया ब्राण्डहरु विद्युतीय सवारी साधन निर्माणमा अग्रणी मानिन्छन् ।

चीनका विद्युतीय सवारी साधनहरु भारतीय वा अन्य तेस्रो मुलुकका सवारी साधन भन्दा पनि गुणस्तरीय र अत्याधुनिक प्रविधियुक्त छन् ।

तर नेपालमा कतिपय यस्ता पनि ब्राण्ड छन्, जसले चीनमा बन्द हुन लागेका कम्पनीका सामान लिलाम बढाबढमा उठाउने र नेपालमा एसेम्बल गरेर बेच्ने गरेको पनि देखिन्छ ।

त्यस्ता ब्राण्डहरुको नियमितता हुने कुरै भएन । जसको कारण प्रयोगकर्ताहरु अन्यायमा परेको देखिन्छ ।

तिनिहरुले पनि २÷४ लट सामान ल्याएर बेच्ने, अनि व्यवसाय बन्द गर्ने गरेको पाइन्छ ।

यसरी हेर्दा विभिन्न कारणले नेपालमा अहिलेसम्म दशौं कम्पनीहरुले आफ्नो शोरुम बन्द गरिसकेका छन् ।

अहिले चलिरहेका अधिकाँश कम्पनीहरु पनि निकट भविष्यमा आफ्नो शोरुम बन्द गर्नेमा दुइमत नहोला ।

यति कुरा गर्दैमा विद्युतीय स्कुटर नकिन्ने त भन्ने प्रश्न पनि आउन सक्छ । यसको मतलव विद्युतीय स्कुटर नकिन्ने भन्ने खोजिएको कदापि होइन ।

तर भरपर्दो र गुणस्तरीय ब्राण्ड चिनेर मात्र किन्नु भन्न खोजिएको हो ।

विश्व वातावरणको आधारमा भनौं या नेपालको अर्थतन्त्रको हिसाबले पनि, विद्युतीय सवारीसाधनहरु निक्कै फाइदाजनक छन् ।

यीनको प्रयोगलाई पक्कै पनि बढावा दिनु चाहिँ पर्छ । तर राम्रोसँग चिनेर मात्र ।

अब, राम्रो ब्राण्ड कसरी चिन्ने भन्ने पनि प्रश्न आउन सक्छ । यसको लागि केहि आधारभुत कुराहरुको जानकारी लिएर मात्र त्यस्ता विद्युतीय स्कुटर खरिद गर्नुहोला ।

ती आधारभुत कुराहरु मध्ये, त्यो कम्पनीको इतिहास, नेपालमा बिक्रि गर्ने कम्पनीको इतिहास, नेपालमा त्यो कम्पनीको डिलर नेटवर्क तथा सर्भिस सेन्टरहरुको सँख्या, स्पेयर पाटर््सहरुको उपलब्धता इत्यादि पर्दछन् ।

नेपालमा पनि विश्व बजारका अग्रणी ब्राण्डहरु पनि टन्नै छन् ।

तिनिहरु मध्ये नेपालमा बिक्रिपछिको सेवाको व्यवस्थापन राम्रो भएको र उपयुक्त मुल्य भएको ब्राण्ड छान्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *