भन्ने जिज्ञासा प्राय: सबैमा हुदो रहेछ तेस भित्र म पनि पर्छु. चाहे २ पाङ्ग्रे होस, वा ४ पाङ्ग्रे ।
मेरो विचारमा यो जिज्ञासा PV (Petroleum Vehicle) मा पनि हुन्छ, तर PV सवारीको लामो इतिहास भएकोले अनुमान गर्न सक्छौ ।
कस्को Resale value राम्रो छ र कस्को छैन, यसर्थ पनि EV को Resale value बारे भन्न अझै कम्तिमा ३-४ बर्ष त लाग्छ नै
तर यो अनुमान गर्न सकिन्छ, की Resale value राम्रो हुन
1) After sales service कस्तो छ ?
2)Partsहरु सहज र सस्तो छ कि छैन ?
3) तेस्पछि सवारीको Performance हुदै
4) Brand value & History र बल्ल Resale value मा आएर थाहा हुन्छ।
जस्तै PV तिर हेर्दा Toyota, Hyundai Santro, i10, Maruti – Swift, Creta आदि यसै Top resale value car भएका होइनन, नेपालमा तेसैले समय त लाग्छ नै, तर अलि-अलि अनुमान त गर्न सकिन्छ ।
अहिले पनि कुन EV को resale value कस्तो होला भन्नेबारे माथिको 1 देखि 4 बुदाले बताउनेछ ।
अहिले यति चाहि अनुमान लगाउन सकिन्छ कि EV चाहे २पाङ्ग्रे होस वा ४ पाङ्ग्रे होस कम्तिमा ५ बर्षसम्म बेच्ने योजना बनाउनु भएन
यदि यसो गरिए आर्थिक रुपबाट नोक्सानी हुने सम्भावना अधिक हुनेछ ।
बढि फाइदा लिन धेरै km running हुनुपर्छ, किन्दा आवश्यकता हेरी राम्रोसङ्ग बुझेर किन्नु पर्छ ।
लहै-लहैमा किन्नुभएन, Technology हो, भविस्यमा ब्याट्री र मोटर अहिले पनि सस्तो हुदैछ र भविस्यमा सस्तो हुने सम्भावना धेरै छ ।
तर यता Tax बढ्ने सम्भावना पनि धेरै छ, प्रतिस्पर्धा बढ्दैछ, त्यसैले मुल्य र सेवामा पनि प्रतिस्पर्धा हुने हुँदा हामि जस्तो ग्राहकलाइ फाइदा हुने सम्भावना पनि छ ।
एउट कुरो चाहि सुनेको थिए र हो रहेछ पनि, EV एकपटक चलाइसकेपछि प्राय: PV तिर जान मन लाग्दैन, मेरो २ पाङ्ग्रेको अनुभवले पनि त्यही भन्छ ।
चार पाङ्ग्रेको अनुभव गर्ने चाहि परिस्थितिले केहि समय पर्ख भन्दैछ ।
धेरै भन्दा धेरै EVs बाटोमा देखिदा खुशिको अनुभुती चाहि हुदो रहेछ।