सीएफ मोटो तथा जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले CFMOTO का ३ मोडलहरू सार्वजनिक गरेको छ ।
यसैगरी, सिएफ मोटो २५० एनके फनको ५ लाख ९९ हजार, २५० एसआर फनको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको ११ लाख १९ हजार ९०० निर्धारण गरिएको छ ।
उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ CF MOTO र ZEEHO को शोरुममा भएको थियो र यस कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुरका अध्यक्ष गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक ऋषि अग्रवाल, CF MOTO का ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबंधक उज्ज्वल जोशी लगायत, मिडियाकर्मी, बाइकर्स र vlogger साथीहरुको उपस्थिति थियो।
सन १९८९ मा स्थापित यस CFMOTO व्राण्ड, जुन हाल आएर १०० भन्दा बढी देश र ३००० भन्दा बढी विक्री तथा विक्री पछिको सेवा प्रदान गर्ने 3S Showroom रहेको ऐतिहासिक व्राण्डको रुपमा 2W मा Adventure तथा Fun को पूर्ण आभास दिदै डिजाइनीङ्ग, उत्पादन तथा आफ्नै Research & Development मार्फत विश्वभर आफ्ना ग्राहक तथा डिलहरहरु माझ लोकप्रिय रहदै आएको छ ।
यस प्रतिस्थित व्राण्डले EV Industry मा आफ्नो सेवा विस्तार गर्नको निमित्त भित्र्याएको ZEEHO ब्राण्डका Electric Scooter तथा बाइकले पनि छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल रहेको देखिन्छ ।
नेपालमा यी ब्राण्ड Reliance Group अन्तर्गत ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याए सँगै CFMOTO ब्राण्ड र यस अन्तर्गतको ZEEHO ब्राण्डका Electric Mobility ले समेत राम्रो रफ्तार लिएको देखिन्छ ।
ग्रुपले, CFMOTO का बाइक, ATV/SSV(Tractor) र ZEEHO ब्राण्डका स्कुटरको Exclusive Distributor को रुपमा आफ्नो व्यापार नेपाली बजारमा विस्तार गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै ग्रुपका Director ऋषि अग्रवालले आजको समारोह, आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको जानकारी दिनु भयो ।

CFMOTO र ZEEHO ब्राण्डको साथ आजको मितिमा नेपाली बाइक तथा स्कुटर पारखीहरुलाई दुवै प्रकारको साधनको साथ आफ्नो सेवालाई अझ फराकिलो रुपमा विस्तार गर्न पाउँदा आफू लगायत ग्रुप नै उत्साहित रहेको जानकारी दिनुभयो ।
उहाँले आन्तरिक र बाह्रय पर्यटनमा विशेष योगदान बाइकको रहने र Electric Mobility मार्फत स्वच्छ वतावरण प्रति हरेक नागरिकमा रहेको जिम्मेवारीलाई व्यवहारमा उतार्नको निमित्त CFMOTO र ZEEHO ब्राण्ड सदैव साथ रहने कुरामा विश्वास दिलाउनु भयो ।
कम्पनीले रिलायन्स ग्रुपले आफ्नो सामाजिक उत्तर दायित्वको लक्ष्यका साथ ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई ZEEHO AE6+ इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरिएको थियो ।