Skip to content
लुयान नेपालले ‘नयाँ बर्ष लुयान को हर्ष’ अफर सँचालनमा ल्याएको छ ।
अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले २५ हजारसम्म छुट पाउने छन् ।
लुयानको एमएनके३ र एस-३० मा १५ हजार तथा एस-७० प्रोमा २५ हजार नगद छुट पाइने आधिकारिक वितरक जेरो इमिसन राइड एनले जनाएको छ ।

नगद छुटको साथ ग्राहकले एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेन कोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्ने बताइएको छ ।
यसका साथै चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ ।
अफर चैत्र २६ गते देखि बैशाख ३१ गतेसम्म लागु हुनेछ ।
Post Views: 472