जावा र येज्दि मोटरसाइकलको ‘केयर फेयर–२०८०’ सुरु भएको, चैत १ गतेसम्म चल्ने आधिकारिक वितरक अग्नी मोटो इंकले जनाएको छ ।
केयर फेयरमा जावा र येज्दि मोटरसाकलको नि:शुल्क सर्भिसिङ गरिनुको साथै एसेसोरिज र स्पेयर पार्टसमा नगद छुट उपलब्ध गराइएको छ ।
साथै स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत नगद छुट दिइएको छ भने एसेसोरिजमा ४० प्रतिशत छुट पाउनेछन् ।
केयर फेयरमा निशुल्क ब्याट्री चेकअप, नि:शुल्क एफआई एबं डिटिसी स्क्यान र एएमसी सेवा समेत प्रदान गरिने कम्पनीको भनाई छ ।
काठमाडौंको शंखमुलस्थित आधिकारिक सर्भिस सेन्टरमा आयोजना गरिएको केयर फेयरमा ग्राहकले मोटरसाइकल सर्भिसिङ गराउँदा नि:शुल्क लेबर चार्जको सुबिधा पाउने बताइएको छ ।