टाटा नेक्सनमा भारी छुट

टाटा मोटर्सले आफ्नो लोकप्रिय नेक्सन ईभी म्याक्सको प्रि–फेसलिफ्ट संस्करणमा ठूलो छुट दिएको हो । भारतमा सो इलेक्ट्रिक एसयुभीको २०२३ मोडललाई कम्पनीले ५ लाख ४ हजार ( ३ लाख १५ हजार भारु) रुपैयाँ छुटमा बिक्री गर्ने अफर ल्याएको हो ।

मिडिया रिपोर्टका अनुसार, डीलरशिपहरूले २ लाख ६५ हजार भारु नगद छुट र ५० हजार एक्सचेन्ज बोनसको अफर दिएर नेक्सन ईभी म्याक्सको २०२३ मोडललाई बिक्री थालेका हुन् ।

यसको फेसलिफ्ट संस्करणमा भने टाटाले जम्मा २० हजार भारु छुट दिएको छ ।

यसैगरी २०२३ नेक्सन ईभी प्राइममा २ लाख ३० हजार भारु नगद छुट र ५० हजार भारु एक्सचेन्ज बोनस दिइएको छ ।

टियागो र टिगोर ईभीमा १ लाख ५ हजार भारुसम्म छुट प्रदान गरिएको छ ।

भारतीय बजारमा सर्बाधिक बिक्री हुँदै आएको नेक्सन ईभीको म्याक्स भेरिएन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने प्राइम भेरिएन्टमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ ।

यी दुई भेरिएन्टको रेन्ज क्रमश ४३७ र ३१२ किलोमिटर दावी गरिएको छ ।

नेपाल आएको सुरुवाती समयमा एकछत्र बजार लिन सफल, नेक्सन नेपालमा समेत रुचाइएको इलेक्ट्रिक एसयूभी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *