मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु

रबात । मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु भएको छ ।

मोरक्कोको भूमध्यसागरीय तटमा डुङ्गा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासी डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

पीडितहरू जानकारी प्राप्त नभएको आप्रवासीहरूको समूहमा थिए जसले मङ्गलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुङ्गा चढेका थिए ।

सो दुर्घटनामा ९ जना आप्रवासीलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *