पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रु भरिएको बस भिरबाट खस्यो

इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा यात्रुले भरिएको एउटा बस भिरबाट खसेको छ ।

मंगलबार रातिको यस घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।

यस घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । बस निकै तीव्र गतिमा गुडिरहेको प्रहरीले जनाएको छ ।

एउटा मोडमा चालकले नियन्त्रण गुमाएपछि बस भिरमा खसेको हो ।

बस हरिपुर जिल्लाको खानपुरको पहाडी गाउँतर्फ जाँदै गरेको थियो ।

बाटोमा तर्नवामा भन्ने ठाउँमा बस दुर्घटनामा पर्यो ।

मृत्यु हुनेमा पुरुष, महिला र बालबालिका समेत रहेका छन् ।

बस भिरबाट खसेको खबर आएलगत्तै उद्धार टोली घटनास्थलमा पठाइएको थियो ।

स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *