कपिलवस्तुमा बस दुर्घटना

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा  १० जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार  बुधबार राति  १ बजे  भएको बस दुर्घटनामा मृतकको संख्या १०  पुगेको छ ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त  बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।

प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा यात्रुबाहक बस दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर  छ । घाइतेको उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटनास्थल पुगेका थिए ।

घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको छ ।

३३ जनाकाे उद्धार गरिएकाेमध्ये नौ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए ।

मृतक र घाइतेको अझै सनाखत भएकाे छैन ।  बसमा तीन जना स्टाफ र ३७ जना यात्रु  गरी ४० जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *