SHANGHAI, Oct. 26, 2020 -- Photo taken on Oct. 26, 2020 shows the Tesla China-made Model 3 vehicles at its gigafactory in Shanghai, east China. U.S. carmaker Tesla announced Monday that it will export 7,000 vehicles of made-in-China Model 3 to Europe on Tuesday.
The batch of sedans is expected to arrive at the port of Zeebrugge in Belgium by sea at the end of November, before being sold in European countries including Germany, France, Italy, Spain, Portugal and Switzerland.
Tesla delivered the first batch of made-in-China Model 3 sedans to the public earlier this year, one year after the company broke ground on its first overseas plant. (Photo by Ding Ting/Xinhua via Getty) (Xinhua/Ding Ting via Getty Images)
काठमाडौं । उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ ।
अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ ।
यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन् ।
ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डहरूको अपेक्षामा साना भएको जनाएइको छ ।
यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्नसक्ने बताइएको छ ।
टेस्लाले पहिला नै सफ्टवेयर अपडेट जारी गर्न सुरु गरिसकेको छ र सवारी धनीहरूलाई मार्च ३० देखि पत्रद्वारा सूचित गरिने जनाएको छ ।
एनएचटिएसका अनुसार जनवरी ८ मा नियमित सुरक्षा पालना अडिटमा समस्या थाहा भएको हो ।
टेस्लाले सम्भावितरूपमा समस्यासँग सम्बन्धित तीन वटा वारेन्टी दावी पहिचान गरेको छ तर दुर्घटना वा चोटपटकको कुनै रिपोर्ट छैन ।