नाडा र एशियाली विकास बैंक विच छलफल

अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।

नाडाको सचिवालय, टेकुमा भएको सो छलफलमा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो छलफलमा खाशगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो ।

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव बिक्रम सिंघानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *