नारायणगढ चितवन तथा नवलपरासीको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले सो राइड आउट कार्यक्रम आयोजना गरेको हो ।
राइड आउट कार्यक्रम यामाहा शोरुम नारायणगढबाट सुरु भई सहिदचोक, पुल्चोक, कमलनगर, बेलचोक, धर्मचोक, टाइगरचोक, हाकिमचोक, बाईपास, मालपोतचोक, क्षेत्रपुर, बालकुमारी चोक, मेनरोड नारायणगढ हुँदै विभिन्न ठाउँ परिक्रमा गरी कविलास रिसोर्टमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा ३७ जना सहभागी बीच नाचगान सहित विभिन्न बिधाका रमाइलो खेलकुद प्रश्नोत्तर समावेश गरिएको थियो ।
कार्यक्रममा यामाहा शोरुम नारायणगढका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, मोरङ अटो वक्र्सका रिजनल सेल्स म्यानेजर राम बोगटी, एरिया सेल्स म्यानेजर मणि भुसन चौधरी, नारायणगढ शोरुमका म्यानेजर राजु स्वर्णकार लगायतले विभिन्न विधामा विजेता सहभागीलाई पुरस्कार वितरण गरेका थिए ।