नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति पाउँदैन-प्रकाश ज्वाला

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्स प्रकरणमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आइतबार यातायात क्षेत्रका समसामयिक विषय तथा संघीय तथा प्रदेश सरकारबाट सञ्चालित योजनाका सम्बन्धमा मन्त्रालयमा आयोजित प्रदेश सरकारका भौतिक मन्त्रीहरूसँगको समन्वय बैठकमा बोल्दै उनले बदमासी गर्नेलाई कानुनी दायरामा ल्याउने बताएका हुन् ।

‘बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौँ,’ उनले भने ।

नयाँ पत्रिकासँगको कुराकानीमा मन्त्री ज्वालाले विभाग र मन्त्रालयले छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय, अख्तियार एवं सिआइबीमा पठाइएको साथै ती निकायबाट छानबिन चलिरहेको बताए ।

लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्ने काम मन्त्रालयले अघि बढाएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *