नागढुंगा–मुग्लिन सडक विस्तारको काम एक वर्षमा ५ प्रतिशत मात्रै

काठमाडौं : नागढुङ्गा–मुग्लिन सडक विस्तारको काम अत्यन्त सुस्त गतिमा भइरहेको छ।

विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो ।

१ वर्षमा १५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त विस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसँग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो ।

उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । उक्त सडक खण्डको मलेखुदेखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भइरहेको इन्जिनियर आचार्यले बताए।

उक्त सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिनसम्म ३९ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

उक्त सडक दुई लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो ।

उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *