‘स्कुटर बेच्नुभन्दा पनि ग्राहकलाई बिक्रीपछिको सेवा दिनु प्रमुख कुरा हो,’ प्रबन्ध निर्देशक वैद्यले भने, ‘हाम्रा ग्राहकलाई पार्टस् तथा सर्भिसका लागि कुनै समस्या नहोस् भनेर सर्भिस सेन्टर संचालनमा ल्याएका हौं ।’
वैद्यले आफूहरूले स्कुटर बिक्री गर्ने मात्र नभइ चार्जिङ नेटवर्क तथा स्पेयर पार्टस् तथा सर्भिस सेन्टरको निर्माणमा लगानी गरिरहेको बताए ।
चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको उनले बताए ।
त्यस्तै, भाटभटेनी डिपार्टमेन्ट स्टोरको सबै शाखाहरूमा चार्जर राख्ने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
अबको केही दिनमा नै झम्सीखेलमा आफ्नो दोस्रो शोरुम ९एक्सपेरियन्स सेन्टर० संचालन गर्ने तयारीमा अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
निकट भविष्यमा काठमाडौं बाहिरका मुख्य सहरहरूमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।
भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।