BYD ले ३ मिलियन भन्दा बढी संख्यामा बिद्ध्युतिय सवारी साधनहरु विक्री गरेको

बिद्ध्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ बिद्ध्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ।

यस माइलस्टोनले BYD को ६१.८% को वर्ष- दर- वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको छ।

वार्षिक मापदण्डमा ४५.०% को वृद्धि देखाउदै, BYD ले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो।

वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई बिद्ध्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको छ ।

२०२२ मा पनि BYD ले बिद्ध्युतिय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन बिद्ध्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो।

कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई बिद्ध्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।

नोभेम्बर २०२३, BYD को यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ।

कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।

BYD को सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण-मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगं प्रतिध्वनित गर्दछ।

आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै वेन्चमाक्रहरु सेट गरी रहेको छ ।

२०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ।

३ मिलियन भन्दा बढीको विद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि BYD को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू सँग समर्थन गर्दछ ।

कम्पनी उच्च गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ छ जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *