हुन्डाईको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ल्याएको छ । सो योजना नेपालभरका सबै शोरुममा लागू हुनेछ ।

सो योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार सम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इयरको आधारमा ५ लाख सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको नि:शुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्।

यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा बढी चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *