‘नेपालमा लुव्रिकेन्ट्सको सम्भावना राम्रो छ । नेपाली बजारमा अहिले करिब ३० प्रतिशत बजार नेपाली लुब्रिकेन्ट्स कम्पनीले लिएका छन् ।
नेपाल गोल्डको उत्पादनसँगै अब नेपाली लुब्रिकेन्ट्स र ग्रिजको माग अझै बढ्नेछ ।’
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज ठूलो क्षमता भएको उद्योग हो । ‘आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ हामीले अत्याधुनिक प्रविधिसहित यो उद्योग स्थापना गरेका हौं ।
उद्योगमा ५० करोड भन्दा बढी लगानी भएको छ,’ उनले भने । उद्योग धनुषाको ढल्केवरमा छ ।
नेपालको लुब्रिकेन्ट्स क्षेत्रमा यो उद्योगको योगदान महत्वपूर्ण हुने मिश्र बताउँछन् ।
दैनिक १५ हजार लिटर लुब्रिकेन्ट्स र १० हजार किलोग्राम ग्रिज उत्पादन क्षमता उद्योगमा छ ।
उद्योगले लुब्रिकेन्ट्स उत्पादन शुरु गरेर बिक्री वितरण पनि सुरु गरिसकेको छ ।
‘यो लुब्रिकेन्ट्स भर्जिन आयलबाट बनेको हो । हाइ क्वालिटीको ग्रिज प्रयोग गरेका छौं ।
बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिश्पर्धा गर्ने लुब्रिकेन्ट्स हामीले उत्पादन गर्न सफल भएका छौं ।
आधुनिक प्रविधिको प्रयोग गरी लुब्रिकेन्ट्स उत्पादन गर्छौं र आवश्यकता अनुशार अपग्रेड पनि गर्छौं,’ उनले भने, ‘हामीसँग उद्योगमा दक्ष प्राविधिक हुनुहन्छ ।
हामीले उत्पादन गरेको लुब्रिकेन्ट्स गुणस्तरीय छ । कुनै समस्या देखिएमा ग्राहकले हामीसँग सिधै सम्पर्क गर्नसक्नुहुन्छ ।