Skip to content
ध्रुव थापा,
अध्यक्ष – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
आगामी पुसको २० र २१ गते साधारण सभाको घोषणा गरिसकेका छौं । यो वर्ष नयाँ कार्यसमिति आउने वर्ष पनि हो ।
सर्वसम्मतीमा लैजाने प्रयास हामीले गरिरहेका छौं । चुनाव नगर्ने भन्ने हिसाबले हामी अगाडि बढेका छौं । धेरै चरणमा कुरा भएका छन् ।
सकारात्मक रुपमा कुरा अगाडि बढेको छ । नाडालाई चुनावमा लैजानु हुँदैन भन्ने साथीहरुको पनि भनाई छ ।
तर, चुनाव भइहालेमा पनि अन्यथा लिनु हुँदैन ।
चुनाव पछि पनि पक्ष विपक्ष नभनि नाडालाई अगाडि बढाउनुपर्छ ।
२ वर्षे कार्यकालमा साथीहरुले मलाई धेरै सहयोग गर्नुभएको छ । म साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
नाडाको इतिहासमा पहिलो पटक मोफसलको क्षेत्रबाट मलाई अध्यक्षमा निर्वाचित गर्नुभएको हो ।
पक्ष, विपक्ष नभनी सबैलाई समेटेर हामीले कार्यकाल पुरा गर्दैछौं । हामीभित्र कुनैपनि मतभेद रहेन ।
नयाँ आउने नेतृत्वले पनि सबैलाई समेटेर अगाडि बढ्नुपर्नेछ । अटोमोबाइल व्यवसायको हितमा काम गर्न सबै मिल्नुको विकल्प छैन ।
हामी अझै मजवुत भएर व्यवधानहरुसँग जुधेर अगाडि बढ्नुपर्छ । यो समय असामान्य परिस्थितिबिचबाट गुज्रिरहेको छ ।
अहिलेको अवस्थामा सबै मिलेर जानु उपयुक्त हुन्छ ।
Post Views: 444