बाइकका सौखिनहरुको सँस्था बाइकोहोलिकले नक्सालको नारायणचौर स्थित बाइकर्स क्याफेमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
नेपालमा रहेका विभिन्न कम्पनीका १ सय देखि १ हजार सिसी क्षमतासम्मका बाइकहरुको प्रदर्शनका साथै ती बाइक राइडरहरुको एकआपसमा भेटघाट, चिनजान तथा भाइचाराको विकास हुने आयोजक बाइकोहोलिकका सँयोजक अश्विन (जियोेन) श्रेष्ठले बताए ।
जियोनका अनुसार आजभोली बाइक भनेको अधिकांश रुपमा दैनिक अत्यावश्यक साधनको रुपमा रहेको हुनाले यहाँ कलेज जाने-आउने युवाहरु तथा अन्य सौखिनहरुको जमघट रहेको बताए ।
सामान्य रुपमा हेर्दा बाइक चढ्ने मात्र नबुझी सुरक्षाको रुपमा रहेको हेलमेट तथा अन्य गियर्सको जानकारी, सुरक्षित तवरले बाइक चलाउने तरिका, बाइकको रखरखाव कसरी गर्न सकिन्छ भन्ने लगायतको जानकारी यस सँस्थाले दिने सँयोजक अश्विन (जियोेन) श्रेष्ठले बताए ।
उनका अनुसार भावी कार्यक्रममा सँस्थाले नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुमा सामुहिक रुपमा बाइकहरुको रेली तथा भ्रमणको आयोजना गर्नेछ । जसको नाम बाइकर्स जात्रा राखिएको उनले बताए ।
नेपालको परिपेक्षमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको समग्र पर्यटन विकासमा समेत यस्तो खालको कार्यक्रमले टेवा पुग्ने सँयोजक अश्विन (जियोेन) श्रेष्ठले बताए ।
उपत्यका भित्र ५० किलोमिटर प्रतिघण्टाको स्पिड लिमिटलाई चाहिँ सच्याउनुपर्ने जियोन बताउँछन् । किनकि बाइकको क्षमता अनुसारको स्पिड हुने हुँदा सबैलाई एकै नियम लगाउन नहुने उनको तर्क छ ।
कार्यक्रममा नेपालका बाइकका सौखिन राइडरहरु, भ्लगरहरु तथा रेसरहरुको करिब ४ सय बढी बाइकर्सहरुको जमघट थियो भने अथर ईभी स्कुटर र हेल्मेटहरुको समेत प्रर्दशनी रहेको थियोे ।