बिवाईडीको सवारी साधनमा सिटिजन्स बैंकले कर्जा दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीस्थित ईनलाइटन मोटर्स प्रालिबीच सम्झौता भएको छ ।

बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंक र कम्पनीबिचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।

यस सम्झौता अनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्षसम्मका लागि सवारी कर्जा (अटो लोन) उपभोग गर्न पाउनेछन् ।

कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ ।

यो योजनामा सर्तहरू लागु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *